ईयू नेताहरूद्वारा रुसविरुद्ध नवौँ प्रतिबन्ध प्याकेज अनुमोदन
अखबार टुडे
प्रकाशित:
२०७९, १ पुष

ब्रसेल्स, १ पुस (एजेन्सी) । युरोपेली नेताहरूले रुसविरुद्धको प्रतिबन्धको नवौं प्याकेजलाई अनुमोदन गरेका छन् ।

युरोपेली परिषद्ले शिखर सम्मेलनको अन्तिम घोषणामा नेताहरूले रुसमाथि सैन्य कारबाही अन्त्य गर्न र युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न सामूहिक दबाव कसरी बढाउने भन्ने विषयमा छलफल गरेको बताइएको छ ।

चिनियाँ समाचारसंस्था सिन्ह्वाका अनुसार युरोपेली नेताहरूले रूस विरुद्ध युरोपेली सङ्घको प्रतिबन्धात्मक उपायहरू बारे थप छलफल गरेका छन् । इयुको प्रतिबन्धात्मक उपायहरूको नवौं प्याकेज र अन्तर्राष्ट्रिय तेल मूल्य क्याप लगायत विषयमा गहिरो छलफल भएको छ ।

सम्मेलनमा एजेण्डाका रुपमा रहेको युक्रेनलाई मद्दत गर्न १८ बिलियन युरोको आर्थिक सहायता प्याकेज भने अनुमोदन गरिएको छैन् । युरोपियन युनियन प्रतिबन्धलाई थप बलियो बनाउन तयार रहेको सम्मेलनपछि नेताहरूले बताएका छन् ।

प्रतिक्रिया