दाइजो प्रकरण- पंकजलाई छुटाउन फरार सूचीमा रहेका नेहाकी ससुराले अदालतमा हाले मुद्दा
अखबार टुडे
प्रकाशित:
२०७९, १ पुष

जनकपुरधाम, १ पुस । दाइजोको निहुमा निर्मतापूर्वक कुटपिट गरी घरबाट निकालिएकी नेहा चौधरीका ससुरा रामप्रवेश चौधरीले आफ्ना छोरा छुटाउन उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गराएका छन् ।

फरार रहेका नेहाकी ससुरा रामप्रवेश चौधरी बिहीबार अदालतमा हाजिर भइ यसअघिनै पक्राउ परेका पंकज चौधरीलाई थुना मुक्त गराउन बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराएका हुन् ।

महोत्तरीको नेहा चौधरीले घरेलु हिंसा र दाइजोविरुद्ध श्रीमानसहित ६ जनामाथि मुद्दा दर्ता गराएपछि महोत्तरी रामगोपालपुर–५ का पंकजलाई प्रहरीले पक्राउ गरेको छ ।

पंकज श्रीमती नेहा चौधरीमाथि घरेलु हिंसा गरेको आरोपमा महोत्तरी प्रहरीले गत मंगलबार पंकजलाई आफ्नै घरबाट पक्राउ गरेको थियो । पंकज पक्राउ परे पनि ससुरा, सासू सहित अन्य सबै फरार छन् ।

नेहाले फरार रहेका अन्य अभियुक्तलाई पनि पक्राउको माग गर्दै बिहीबार रामगोपालपुर नगरपालिकामा कार्यालय अगाडि प्रर्दशन गरेकी थिइन् । नेहा चौधरी र कुमारी आमा निहारिका राजपुत नेतृत्वमा रहेका प्रदर्शनकारीबीचहरुले नगरपालिकामा तोडफोड गरेको आरोपमा प्रहरीले नेहा र निहारिकालाई पनि पक्राउ गरेको छ ।

नेहा नेतृत्वको प्रदर्शनकारीले नगरपालिकामा पाँच लाख रुपैया बराबरको क्षति पु¥याएको भन्दै रामगोपालपुर नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै नेहा र निहारिबाट सो रकम असुलउपर गराइदिन जिल्लामा प्रशासन कार्यलय महोत्तरीसँग माग गरेको छ ।

महोत्तरीको औरही–१ घर भएकी नेहा र सोही जिल्लाको रामगोपालपुर–५ घर भएका पंकजबीच गत फागुनमा विवाह भएको थियो । विवाहको केही समयदेखि नै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरू गरेका थिए ।

दसैँको टीकाको दुई दिनपछि नेहालाई श्रीमानको कुटपिटबाट थिलथिलो भएको अवस्थामा माइतीले उद्धार गरेर अस्पताल पु¥याएका थिए । नेहाको परिवारका अनुसार विवाहमा ६२ लाखको चेक, २० लाखको सुन तथा ५०–६० लाख चाँदीका गहना दाइजो दिइएको छ ।

तर, बिहेपछि पंकजले काठमाडौंमा घरसमेत दिनुपर्ने डिमान्ड राख्न थालेका थिए । दाइजोको विवादकै कारण विवाहको केही महिनादेखि श्रीमान् र सासूले आफूलाई यातना दिने गरेको नेहाले बताएकी छन् । पंकज एमबीबीएस डाक्टर हुन् ।

प्रतिक्रिया