धरानका मेयर हर्क साम्पाङको निर्देशन- ‘मैले भनेको नमान्ने कार्यपालिका सदस्यले राजीनामा दिनू’
अखबार टुडे
प्रकाशित:
२०७९, १ पुष

सुनसरी, १ पुस । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरूलाई राजीनामा दिन आग्रह गरेका छन् ।

कार्यपालिका बैठक नियमित रूपमा बस्न नसकेपछि उनले शुक्रबार पत्रकार सम्मेलन गरी आफूले भनेका नमान्ने कार्यपालिका सदस्यलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन् ।

एक महिनादेखि धरानमा कार्यपालिका बैठक बस्न सकेको छैन । बैठकमा बहुसाँस्कृतिक पार्क बनाउने विषयमा कार्यपालिका सदस्य अनुप देवानले राय राख्दा मेयर साम्पाङले देवानलाई बाहिर जान भनेका थिए ।

मेयर र उपमेयरबाहेक अरु कार्यपालिका सदस्यहरूले बैठकमा रायसमेत राख्नबाट वञ्चित गराएको भन्दै मेयरले माफी माग्नुपर्ने माग राखेका छन् । कार्यपालिका सदस्यलाई बोल्न नदिई बाहिर जानु भनेपछि त्यसपछि बैठक बस्न नसकेको हो ।

बैठक बस्न नसकेपछि मेयर साम्पाङले शुक्रबार पत्रकार सम्मेलन गरेका हुन् । पत्रकार सम्मेलनबारे उनले बिहीबार नै फेसबुकमार्फत जानकारी गराएका थिए ।

प्रतिक्रिया