नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरद्वारा राजीनामा
अखबार टुडे
प्रकाशित:
२०७९, २९ मंसिर

काठमाडौं, २९ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् ।

चार महिनाअघि नेपालको प्रशिक्षक नियुक्त भएका भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकरले मंसिर २९ देखि लागू हुने गरी राजीनामा दिएका हुन् । उनको स्वीकृत भइसकेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

लगातारको खराव नतिजा, खेलाडीसँग बिग्रिँदो सम्बन्ध र प्रशिक्षण शैलीमा प्रश्न उठेपछि प्रभाकरसँगको सम्झौता टुंग्यायने पक्षमा क्यान आफैं पुगेको थियो ।

मुख्य प्रशिक्षक प्रभाकरसँग क्यानले एक वर्षको सम्झौता गरेको थियो। क्यानले भारतका पूर्व अलराउण्डर प्रभाकर प्रभाकरलाई मासिक १५ हजार डलरसहित अनुबन्ध गरेको थियो ।

प्रतिक्रिया