जब मोरक्कोको समर्थक ह्वात्तै बढे…
अखबार टुडे
प्रकाशित:
२०७९, २८ मंसिर

काठमाडौं, २८ मंसिर । कतारमा जारी विश्वकप फुटवलमा उत्तर अफ्रिकन टोली मोरक्कोले इतिहास बनाइसकेको छ । उत्तर अफ्रिकन टिमबाट पहिलोपटक सेमिफाइनमा पुगेपछि अहिले मुस्लिम राष्ट्र कतारमा मोरक्कोको समर्थन गर्ने ह्वात्तै बढेका छन् ।
मोरोक्काको यो सफलतासँगै कतारको राजधानी दोहाका सपिङ महलहरुलाई टाउको दुखाइको विषय बनेको छ ।

कतार विश्वकप सकिन अब धेरै खेल बाँकी छेन । आज (बुधबार) राति पौने १ बजे मोरक्कोले फाइलनका लागि साविक विजेता फ्रान्सको सामना गर्दैछ । मध्यरातमा हुने यो दोस्रो सेमिफाइनलको विजेताले उपाधिका लागि अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना बुधबार विहान क्रोएसियालाई ३–० ले हराउँदै फाइनल पुगिसकेको छ ।

तर, दोस्रो सेमिफाइनलअघि दोहाका आइकोनिक मार्केटमा मोरक्कोको जर्सी सकिएका छन् । कतारको स्थानीय मिडियाका अनुसार केही दिनअघिसम्म प्रमुख शहरको भित्तामा झुन्डिएका जर्सी अहिले देख्न पाइँदैन । न त खोजेर किन्न पाइन्छ । विश्वकप सुरु भएदेखि कतारमा अर्जेन्टिना र ब्राजिलको जर्सीको रंगले भरिएको थियो । तर, अहिले कतारका शहरहरुमा मोरक्कोको रातो जर्सी खोजिन थालिएको छ ।

‘जब मोरक्कोले खेल जितेको छ । हजारौँ जर्सी खरिद भइरहेका छन् । अहिले भने जर्सी सकिएको छ,’ दोहास्थित एक सुपरमार्केटका मोहमद सादिक भनेका छन् ।

मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र हो । यसअघि क्यामरुन, घाना र सेनेगल अन्तिम आठमा पुगेपछि अन्तिम चारमा पुगेका थिएनन् । समूहमा विजेता बन्दै प्रिक्वार्टरफाइनल पुगेको मोरक्कोले स्पेन र पोर्चुगललाई नकआउट चरणमा पराजित गरेको थियो ।

मोरोक्कोको यो शानदार सेमिफाइनल प्रवेशसँगै साविक विजेता फ्रान्सलाई भने चुनौती बनेको छ । त्यसो त फ्रान्स कमजोर छैन । विगत १२ वर्षमा विजेता बनेका इटली, स्पेन र जर्मनी अघि बढ्न नसकेको अवस्थामा फ्रान्सले भने त्यो अवस्था पार गरेको छ ।

फ्रान्सले शनिबार इंग्ल्यान्डलाई जित्नुको अर्थ सन् १९९८ मा पूर्वविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको ब्रजिलपछि उक्त इतिहास दोहो¥याउने पहिलो मुलुक हो । तर, फ्रान्सका प्रबन्धक डिडिए डेशाँले भने अहिले आफ्नो पूरा ध्यान मोरक्कोतर्फ केन्द्रित गरिरहेका छन् । यो विश्वकपमा पनि फाइनलसम्म पुग्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘हामी आफूभन्दा अगाडि बढिरहेका छौँ ।’

प्रतिक्रिया