एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
अखबार टुडे
प्रकाशित:
२०७९, २८ मंसिर

काठमाडौं, २८ मंसिर । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो ।

प्रतिक्रिया