एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित:
२०७९, २८ मंसिर

काठमाडौं, २८ मंसिर । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
