इतिहास रच्दै मोरोक्को, के फ्रान्सले उपाधि रक्षा गर्ला ?
अखबार टुडे
प्रकाशित:
२०७९, २८ मंसिर

काठमाडौं, २८ मंसिर । कतारमा जारी विश्वकप फुटबल–२०२२ मा मोरक्कोले इतिहास बनाइसकेको छ । फुटबल विश्वकपमा सेमिफाइनलसम्म पुग्ने यो पहिलो अफ्रिकी टोली हो ।

मोरक्कोका हाकिम जियेश प्रख्यात क्लब चेल्सीबाट र अश्रफ हाकिमी पीएसजीबाट खेल्दै आएका छन् । तर, मोरक्को सेमिफाइनल चरणमा प्रवेश गर्ने कुराको अपेक्षा धेरैले गरेका थिएनन् ।

क्रोएशिया र बेल्जिमलाई हराउँदै मोरक्को समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको थियो । उक्त अफ्रिकी टोलीले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्न स्पेन र सेमिफाइनलमा पुग्नका लागि पोर्चुगललाई हराएको थियो ।

मोरक्को विश्वकपमा सफल हुनुको एउटा मुख्य कारण हो, बलियो रक्षापंक्ति । अर्को रोचक केछ भने कतारमा जारी विश्वकपमा कुनै विपक्षी खेलाडीले मोरक्कोलाई गोल हान्न सकेका छैनन् । क्यानडासँगको खेलमा भने मोरक्कोले एउटा आत्मघाती गोल गरेको थियो ।

प्रभावशाली खेल प्रदर्शन गरेकाले मोरक्को यो विश्वकपमा व्यापक समर्थन पाइरहेको टोलीमध्ये एक बन्न सफल भएको छ । तर, सेमिफाइलनसम्म पुगेको मोरक्कोको बाटोमा युरोपकै उत्कृष्ट टोलीमध्ये एक फ्रान्स उभिएको छ । जो साविक विजेता पनि हो ।

सन् १९६२ मा ब्रजिलले उपाधि रक्षा गरेयता कुनैपनि मुलुकले लगातार दोस्रोपटक यो उपाधि जित्न सकेको छैन । फ्रान्स अहिले त्यस्तो प्रयासमा छ, तर उसलाई उपाधि रक्षा गर्न कठिन भएको देखिन्छ ।

अर्को अर्थमा फ्रान्स बलियो देखिन्छ । विगत १२ वर्षमा विजेता बनेका इटली, स्पेन र जर्मनी अघि बढ्न सकेका छैनन् । तर, फ्रान्सले भने त्यो अवस्था पार गरेको छ ।

फ्रान्सले शनिबार इंग्ल्यान्डलाई जित्नुको अर्थ सन् १९९८ मा पूर्वविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको ब्रजिलपछि उक्त इतिहास दोहो¥याउने पहिलो मुलुक हो । तर, फ्रान्सका प्रबन्धक डिडिए डेशाँले भने अहिले आफ्नो पूरा ध्यान मोरक्कोतर्फ केन्द्रित गरिरहेका छन् ।

यो विश्वकपमा पनि फाइनलसम्म पुग्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘हामी आफूभन्दा अगाडि बढिरहेका छौँ ।’ मोरोक्को र फ्रान्सबीच बुधबार राति पौने १ बजे खेल हुँदैछ ।

प्रतिक्रिया