रिलिजको केही घण्टामै शाहरुख र दीपिकाको ‘बेशर्म रङ’ भाइरल (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७९, २६ मंसिर

काठमाडौं, २६ मंसिर । अभिनेता शाहरुख खान र दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’को पहिलो गीत ‘बेशर्म रङ’ सोमबार रिलिज भएको छ । उक्त गीत रिलिज भएको केही घण्टामै भाइरल भएको छ ।

यो गीतले रिलिज भएको केही घण्टामै युट्युबमा चार मिलियनभन्दा धेरै भ्यूज पाएको छ । सामाजिक सञ्जालमा पनि गीतका अंशहरु शेयर भइरहेका छन् । गीतको नामजस्तै अभिनेत्री दीपीकाको लुक्स पनि ‘बेशर्म’ रहेको फ्यानहरुको टिप्पणी छ ।

लामो कपाल र हल्का दाह्री भएको लुक्समा बलिउडका ‘किङ खान’ शाहरुख पनि ‘आकर्षक’ देखिएका छन् । फिल्म ‘पठान’ सन् २०२३ को जनवरी २५ देखि प्रदर्शनमा आउँदैछ । ‘पठान’मा शाहरुख खान, दीपिका पादुकोणका अतिरिक्त जोन अब्राहम लगायतको पनि भूमिका छ ।

प्रतिक्रिया