मोरक्को सेमिफाइनलमा पुगेपछि साकिरा लेख्छिन्, ‘दिस टाइम फर अफ्रिका’
अखबार टुडे
प्रकाशित:
२०७९, २६ मंसिर

काठमाडौं, २६ मंसिर । कतारमा जारी विश्वकप फुटबल अफ्रिकी टिम मोरक्को इतिहास निर्माता बनेको छ । यसअघि अफ्रिकाका तीन टिम विश्वकपको क्वाटरफाइनलमा पुगेका थिए तर कुनै पनि टिम त्यो भन्दा अगाडि बढ्न सकेनन् ।

क्यामरुन (१९९०) , सेनेगल (२००२) र घाना (२०१०) क्वाटरफाइनलबाटै बाहिरिएका थिए । तर यसपटक अवस्था फरक रह्यो । मोरक्कोले अल थुमामा स्टेडियममा त्यसलाई ब्रेक ग¥यो ।

कतारमा चम्किरहेको मोरक्कोले शनिबार क्वार्टरफाइनलमा पोर्चुगललाई १–० गोल अन्र्तरले पराजित गर्दै अफ्रिका महादेशबाटै विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बनेको हो, मोरक्को ।

अविश्वसनीय रूपमा सेमिफाइनल यात्रा तय गरेपछि मोरक्कोलाई विश्वभरका सेलेब्रेटीले प्रशंसा र बधाई दिएका छन् ।

मोरक्कोले ऐतिहासिक सफलता हासिल गरेसँगै कोलम्बियन सुपरस्टार साकिराले पनि ट्वीटरमा चर्चित ‘वाका वाका’ गीतको लिरिक्स राखेर खुशी साटेकी छन् । साकिराले ट्वीटरमा विश्वकप ह्यासट्यागसहित लेखेकी छन्, ‘दिस टाइम फर अफ्रिका !!’ ।

जारी विश्वकपमा ६ खेलमा अपराजित रहेको मोरक्कोलाई विश्वको धनाढ्य इलोन मस्क, जर्मनीका पूर्व विश्वकप विजेता मेसुट ओजिल लगायतका चर्चित व्यक्तिहरूले बधाई दिएका छन् ।

प्रतिक्रिया