धनुषामा धारिलो हतियार प्रहार गरी सुतिरहेकी महिलाको हत्या
अखबार टुडे
प्रकाशित:
२०७९, २६ मंसिर

जनकपुरधाम, २६ मंसिर । धनुषामा घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ ।

धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको आइतबार राति ११ बजे हत्या भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते रितालाई उपचारका लागि जनकपुरको काव्या हस्पिटल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

रितादेवीको हत्याको समयमा उनका श्रीमान् विरेन्द्र अर्को घरमा सुतेको बताइएको छ । हत्या गर्नुअघि घरको बिजुलीको लाइन काटिएको थियो । घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया