लगातार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
अखबार टुडे
प्रकाशित:
२०७९, २५ मंसिर

काठमाडौं, २५ मंसिर । केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको छ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो । आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया