फिल्म हलले विश्वकप फुटबलको लाइभ प्रसारण गरे कारवाही हुन्छ : बोर्ड अध्यक्ष भुवन केसी
अखबार टुडे
प्रकाशित:
२०७९, २३ मंसिर

काठमाडौं, २३ मंसिर । केही फिल्म हलले कतारमा जारी विश्वकप फुटबलको लाइभ प्रसारण गर्ने तयारी गरेको समाचार आएपछि चलचित्र विकास बोर्डले कारवाही गर्ने चेतावनी दिएको छ ।

बोर्ड अध्यक्ष भुवन केसीले शुक्रबार सम्बन्धित हलहरुलाई पत्राचार गर्दै फिल्म मात्रै प्रदर्शन गर्ने अधिकार रहेको र यदि विश्वकप फुटबलको लाइभ प्रसारण गरे कारवाही गरिने चेतावनी दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तः बमोजिम मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ । अन्यथा नियमानुसारको कारबाही भैजाने ब्यहोरा जानकारी गराइन्छ ।’

कतिपय सिनेमा हलहरुले विश्वकप फुटवल देखाउने भन्दै विज्ञापन समेत रहेका बेला बोर्डले यस्तो सूचना जारी गरेको हो । पत्रको बोधार्थ सबै जिल्ला प्रशासन कार्यालय र नेपाल चलचित्र संघलाई समेत दिएको छ ।

प्रतिक्रिया