प्रधानन्यायाधीश जबरालाई सर्वोच्च छिर्न नदिन मूल गेटमा कानुन व्यवसायीको धर्ना
अखबार टुडे
प्रकाशित:
२०७९, २१ मंसिर

२१ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै नेपाल बार एशोसिएसनले मूल गेटमा धर्ना दिएको छ ।

बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत पनि धर्नामा छन् ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले बुधबार मात्र जबरालाई निलम्बन फुकुवाको पत्र दिएका थिए । लगतै जबराले सर्वोच्च फर्किने तयारी गरेका छन् । उनले आजै अदालतमा हाजिर हुने समेत बताएका छन् ।

बारले महाभियोग निष्क्रिय पार्ने संसद्का महासचिवको निर्णय गैरकानुनी भएको दाबी गरेको छ । संसद्का महासचिवले संसद्कै अपमान गरेको र कतैबाट परिचालित भएर निर्णय गरेकाले यसको विरोध गरिएको बारले जनाएको छ । महासचिव गौतमको पत्र नै गैरकानुनी भएको बारको आरोप छ ।

प्रतिक्रिया