चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय, ६ दिनका लागि अदालतमा हाजिर हुँदै
अखबार टुडे
प्रकाशित:
२०७९, २१ मंसिर

काठमाडौं, २१ मंसिर । निलम्बनका रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय बनेको छ । संसदका महासचिव डा. भरतराज गौतमले राणालाई महाअभियोग निष्क्रिय भएको पत्र थमाएका छन् ।

राणाविरुद्ध २०७८ फागुन १ गते ९८ सांसदले महाअभियोग दर्ता गराएका थिए । फागुन २२ गते प्रतिनिधिसभाले महाअभियोग छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो । फागुन २९ गते प्रतिनिधिसभा बैठकमा महाअभियोग प्रस्ताव पेस भएको थियो ।

राणाविरूद्ध महाअभियोगमा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न अक्षम रहेको, सर्वोच्च अदालत लगायत न्यायपालिकाभित्रै उनको कार्यकालमा अतिशय विकृति, विसंगति, भ्रष्टाचार तथा बिचौलियाहरूले प्रवेश पाएको लगायतका २१ वटा आरोप लगाइएको थियो ।

महाअभियोग निष्क्रिय भएसँगै उनले आजै अदालतमा हाजिर हुने समेत बताएका छन् । महान्यायाधीश राणाको कार्यकाल अब ६ दिनमात्र बाँकी छ । उनी यही मंसिर २७ गते अवकाश हुँदैछन् ।

प्रतिक्रिया