मोरक्कोका वालिद बने आफ्नो टिमलाई विश्वकपको क्वाटरफाइनलमा पुर्‍याउँने पहिलो अफ्रिकन प्रशिक्षक
अखबार टुडे
प्रकाशित:
२०७९, २१ मंसिर

काठमाडौं, २१ मंसिर (एजेन्सी) । कतारमा जारी विश्वकप २०२२ मा पूर्वविजेता स्पेनलाई पराजित गर्दै मोरक्को पहिलो पटक विश्वकप क्वाटरफाइनलमा पुगेको छ ।

मोरक्को विश्वकपको क्वाटरफाइनलमा पुग्दा प्रशिक्षक वालिद रेग्रागुईले नयाँ इतिहास रचेका छन् । वालिद आफ्नो टिमलाई फिफा विश्वकपको क्वाटरफाइनलमा पु¥याउँने पहिलो अफ्रिकन प्रशिक्षक बनेका हुन् ।

यसअघि क्यामरुन, सेनेगल र घाना विश्वकप क्वाटरफाइनल पुग्दा सबैमा युरोपियन प्रशिक्षक थिए । तर यस पटक भने कतारमा विश्वकप खेलेका पाँचवटै अफ्रिकन टिममा प्रशिक्षक आ–आफ्नै देशका थिए । त्यसमा वालिद सफल बने ।

मोरक्कोका पूर्वखेलाडी समेत रहेका वालिद यसअघि सन् २०१२ मा राष्ट्रिय टिमको सहायक प्रशिक्षक थिए । उनी मोरक्को टिमको प्रशिक्षक बनेको धेरै समय पनि भएको छैन ।

गत अगष्टमा मात्र मोरक्कोको प्रशिक्षक बनेका उनको प्रशिक्षणमा मोरक्कोले यस विश्वकपमा गज्जबको प्रदर्शन गरिरहेको छ र अहिलेसम्म अपराजित छ । जारी विश्वकपमा मोरक्कोले समूह चरणमा दुई खेल जित्दा एक खेल बराबरी गरेको थियो । अन्तिम १६ मा स्पेनलाई पेनाल्टीसुटआउटमा ३–० ले पराजित गर्दै मोरक्को क्वाटरफाइनल पुगिसकेको छ ।

गत अगष्ट अन्तिममा मुख्य प्रशिक्षक भाहिद हालिहोडिचलाई बर्खास्त गर्दै मोरक्को फुटबल संघले पूर्व खेलाडी वालिदलाई प्रशिक्षक नियुक्त गरेको थियो । स्टार खेलाडीहरु हाकिम जियाच र नाउसेर माज्रोओउईलाई टिम बाहिर राखेपछि संघ र प्रशिक्षकबीच फरक मत हुँदा भाहिदलाई बर्खास्त गरिएको थियो ।

यस्तै मंगलबार राति पोर्चुगलले स्वीट्जरल्याण्डविरुद्ध सानदार जित निकालेको छ । स्वीट्जरल्याण्डलाई ६–१ ले पराजित गर्ने क्रममा पोर्चुगलका पहिलो रोजाईँमा परेका गोन्सालो रामोसले ह्याट्रिक गरे । जुन उनी आफैँले कल्पना गरेभन्दा बाहिर रहेको बताएका छन् ।

पोर्चुगललाई सन् २००६ पछि विश्वकपको क्वाटरफाइनलम पु¥याउने क्रमम उनले सनसनी प्रदर्शन गर्दा ह्याट्रिक गर्नुका साथै एक असिस्ट समेत गरे ।

अब अन्तिम आठ अर्थात क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना, फ्रान्स र इंग्ल्याण्ड, क्रोयसिया र ब्राजिल, मोरक्को र पोर्चुगल एक आपसमा भिड्ने छन् ।

प्रतिक्रिया