समानुपातिकतर्फ कुन दलले कति सिट पाए ?
अखबार टुडे
प्रकाशित:
२०७९, २१ मंसिर

काठमाडौं, २१ मंसिर । नेकपा एमाले समानुपातिक तर्फ पहिलो दल बनेको छ । कुल १ करोड ५ लाख ६० हजार ८२ सदर भएको मत मध्ये एमाले सबै भन्दा धेरै मत पाउने पार्टी बनेको छ ।

एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार एमालेले समानुपातिकमा ३४ सिट पाएको छ ।

दोस्रोमा नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत ल्याएको छ । उसले ३२ सिट पाएको छ । यता तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ समानुपातिक मत अर्थात १४ सिट पाएको छ ।

यता यही चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ११ लाख ३० हजार ३४४ समानुपातिक मत प्राप्त गरेको छ । १३ सिट पाएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८४९ अर्थात ७ सिट, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३१४ अर्थात ५ र जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५५ अर्थात ५ सिट प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

यी हुन् थ्रेस होल्ड कटाउन नसक्ने दल (मतसहित)

नेकपा एकीकृत समाजवादी
२,९८,३९१
नागरिक उन्मुक्ति पार्टी
२,७१,७२२
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,६७,३६७
नेपाल मजदुर किसान पार्टी
७५,१६८
हाम्रो नेपाली पार्टी
५५,७४३
मंगोल नेसनल अर्गनाइजेसन
४९,०००
राष्ट्रिय जनमोर्चा
४६,५०४
नेपाल संघीय समाजवादी पार्टी
४१,८३०
नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
३०,५९९
राष्ट्रिय जनमुक्ति पार्टी
२३,९३४
जनता प्रगतिशिल पार्टी, नेपाल
१८,०५९
एकल चिह्न बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी÷नेपाल नौलो जनवादी पार्टी÷सचेत नेपाली पार्टीरनेपाल सुशासन पार्टी)
१७,९०२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७,८०५
बहुजन एकता पार्टी नेपाल
१७,०८०
नेपाली कांग्रेस (बीपी)
१२,५०२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१२,३४०
नेपाली जनता दल
१०,१३७
बहुजन शक्ति पार्टी
९,४३५
नेपालका लागि नेपाली पार्टी
८,४३६
नेपाल कम्युनिस्ट पार्टी
८,०१३
नेपाल लोकतान्त्रिक पार्टी
७,७०५
नेपाल जनता पार्टी
७,५१८
नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
७,४०२
मितेरी पार्टी नेपाल
७,०४३
जनजागरण पार्टी नेपाल
६,५५०
आमूल परिवर्तन मसिहा पार्टी नेपाल
६,४२९
तराई मधेश लोकतान्त्रिक पार्टी
५,९७७
जनसमाजवादी पार्टी, नेपाल
५,९२५
एकल चिह्न गितार (सामाजिक एकता पार्टी÷नेपाल कम्युनिस्ट पार्टी समाजवादी÷नेपाल दलित पार्टी)
५,८३९
पिछडावर्ग निषाद दलित जनजाति पार्टी
५,१०५
विवेकशील साझा पार्टी
४,०४९
एकीकृत शक्ति नेपाल
३,७९२
नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी
३,७०२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९थरुहट०
३,४०६
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
३,३५४
मौलिक जरोकिलो पार्टी
३,२५६
नेपाल समावेशी पार्टी
२,९६३
नेपाल कम्युनिस्ट पार्टी परिवर्तन
२,२२०
राष्ट्रिय नागरिक पार्टी
२,१५०
नेस्ननलिस्ट पिपल्स पार्टी
२,०१८

प्रतिक्रिया