सिके राउतले किन भेटे राष्ट्रपति भण्डारीलाई ?
अखबार टुडे
प्रकाशित:
२०७९, २० मंसिर

काठमाडौं, २० मंसिर । पहिलो पटक संसदीय राजनीतिमा उदाएका डा सिके राउत हिजोआज भेटघाटमा व्यस्त छन् । मधेश केन्द्रीत भएर देश विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा आएको छोटो समयमै राउत संसद बन्न सफल भएका छन् ।

सप्तरी क्षेत्र नम्बर–२ बाट निर्वाचित भएपछि राउतले शीर्ष राजनीतिक दलका नेताहरु भेटिरहेका छन् । यसैक्रममा जनमत पार्टीका अध्यक्षसमेत रहेका राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेका छन् ।

मंगलबार राष्ट्रपति कार्यालय पुगेर उनले भण्डारीलाई भेटेका हुन् । राउतले सामाजिक सञ्जालमा राष्ट्रपति भण्डारीसँग भेटको तस्बिर सार्वजनिक गरेका छन् ।

उनीहरूबीच शिष्टाचार भेटघाट भएको र देशको समसामयिक राजनीतिक निकासका विषयमा छलफल भएको जानकारी पनि दिएका छन् । उनले आफूहरुको समर्थनविना मधेशमा सरकार गठन हुन नसक्ने बताउँदै आएका छन् । अर्कोतिर राउतलाई संघीय सरकारमा समेत सहभागी गराउने एकथरी नेताहरु उनीसँग छलफल बढाएका छन् । तर, यसबारे राउते अहिलेसम्म केही बताएका छैनन् ।

प्रतिक्रिया