विश्वकपको रौनकका बीच सुरु भयो ‘भकुन्डो ब्याटल फेस्ट’
अखबार टुडे
प्रकाशित:
२०७९, २० मंसिर

काठमाडौं, २० मंसिर । विश्वव्यापी रूपमा चासोको विषय बनेको फिफा विश्वकप फुटबललाई मध्य नजर गर्दै ‘भकुन्डो ब्याटल फेस्ट’ कम्पिटिसन हुने भएको छ । ३ राउन्ड ब्याटल गरिने कार्यक्रममा र्यापर मानस घले जजको रूपमा देखिने छन् भने कार्यक्रमको सञ्चालन भोयोमाले गर्नेछन् ।

आरएनएस क्रियशनले आयोजन गरेको कार्यक्रममा प्रतियोगीहरूले फुटबल खेलाडी पेले, मेरेडोना, मेसी, रोनाल्डो साथै फिफामा सामेल भएका देश अर्जेन्टिना, ब्राजिललाई समर्थन गर्दै ¥याप प्रस्तुत गर्नेछन् । प्रतियोगी मेक (अर्जेन्टिना) , भोइड (पेले), रमन ( मेरेडोना), सेभेक (ब्राजिल) भएर स्टेजमा देखिने छन् ।

‘भकुन्डो ब्याटल फेस्ट’को पहिलो एपिसोड सार्वजनिक भइसकेको छ, जसमा ब्राजिलको समर्थनमा सेभेक भर्सेस अर्जेन्टिनाको समर्थनमा मेकले प्रस्तुति दिएका छन् । दर्शकको भोटको आधारमा प्रतियोगीहरू पहिलो , दोस्रो र तेस्रो हुनेछन् ।

र्यापरहरुलाई भोट गर्नका लागि दर्शकले अनलाइन एप दामी म्युजिकमा इ–सेवा, आएमि.पे बाट भोट गर्न सक्नेछन् । विजेता हुने प्रतियोगीले रु २५००० पाउने छन् भने सहभागीले रु १०,००० पाउने बताइएको छ ।

कार्यक्रमको फाइनल रिजल्ट फिफा फाइनलको एक दिन अगाडि हुनेछ । दर्शकले यस कार्यक्रमलाई डिस होमको ११२ च्यानल डी म्युजिक टिभीका साथै युट्युब च्यानल ओएसआर रियालिटीबाट हेर्न सक्ने छन् । साथै अडियो मात्र सुन्न चाहने दर्शकका लागि दामी म्युजिक एप र आईट्युन पनि रहेको छ ।

प्रतिक्रिया