इन्डोनेसियामा विवाहअघिको यौनसम्बन्ध गैरकानूनी, के भन्छन् आलोचक ?
अखबार टुडे
प्रकाशित:
२०७९, २० मंसिर

काठमाडौं, २० मंसिर (एजेन्सी) । इन्डोनेसियाको संसदले मंगलबार विवाहपूर्व यौनसम्बन्धलाई गैरकानूनी बनाउने नयाँ विद्येयक पारित गरेको छ ।

यो कदमलाई आलोचकहरूले देशको स्वतन्त्रतामा धक्का भएको बताएका छन् । विवादास्पद नयाँ फौजदारी संहिताको पक्षमा बहुमत सांसदले मतदान गरेपछि उपसभामुख सुफमी दासको अहमदले उक्त विद्येयक स्वीकृत भएको घोषणा गरेका थिए ।

नागरिक स्वतन्त्रता माथिको दमन र विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुस्लिम बहुल राष्ट्र कट्टरपन्थीतर्फ सरेको निन्दा गर्दै अधिकार समूहहरूले संशोधनको विरोध गरेका थिए ।

‘हामीले बहस भएका महत्वपूर्ण मुद्दा र फरक मतलाई मिलाउन सक्दो प्रयास गरेका छौंँ । तर, हामीले दण्ड संहिता संशोधनबारे ऐतिहासिक निर्णय गर्ने र विरासतमा पाएको औपनिवेशिक फौजदारी संहितालाई छोड्ने बेला आएको छ’, कानून तथा मानवअधिकारमन्त्री यासोन्ना लाओलीले संसदमा भने ।

मंगलबार पारित भएको संहिताका केही विवादास्पद धाराहरूमा विवाहपूर्व र विवाहेतर यौन सम्बन्धका साथै अविवाहित जोडीहरूको सहवासलाई अपराधीकरण गरिएको छ । समलिंगी विवाहमा रोक लगाइएको इन्डोनेसियामा यी नियमहरूले एलजबीटीक्यू समुदायमा ठूलो प्रभाव पार्न सक्ने डर पनि छ ।

प्रतिक्रिया