कतार विश्वकप : चार्ज गर्नुपर्ने प्रविधियुक्त फुटबलले खेललाई विश्वसनीय बनाउँदै
अखबार टुडे
प्रकाशित:
२०७९, २० मंसिर

काठमाडौं, २० मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल विभिन्न कुराले चर्चामा आइरहेको छ । यसपटक खेलभन्दा पनि त्यहाँ प्रयोग भएको नयाँ प्रविधि बढी चासोको विषय बनेको छ ।

सेमि(अटोमेटेड अफसाइड प्रविधि, बलमा प्रयोग भएको सेन्सर, अपग्रेडेड भीएआर प्रविधिले खेललाई सटिक बनाएको छ । यी सबै प्रविधिमध्ये अहिले चर्चामा आएको अर्को प्रविधि हो, बलमा भएको सेन्सर । यसमा प्रयोग भएको नयाँ सेन्सरले खेललाई सटिक, स्तरीय र विश्वसनीय बनाएको छ ।

विश्वकप फुटबलका हरेक खेलअघि उक्त बल चार्ज गरिन्छ । प्रयोग गरेपछि जसरी हाम्रो फोनको चार्ज सकिन्छ, त्यस्तै विश्वकपमा प्रयोग भएको फुटबलको पनि चार्ज सकिन्छ ।

सो फुटबलमा मोसन सेन्सर प्रयोग गरिएको हुन्छ, जसलाई पावर उपलब्ध गराउन ब्याट्री चार्ज गर्नुपर्ने हुन्छ । त्यसका लागि बल चार्जमा लगाइन्छ । बलमा प्रविधि प्रयोग गरेको यो पहिलो विश्वकप हो ।

विश्वकप फुटबलमा महत्त्वपूर्ण मानिएको अर्को कुरा हो, भीएआर प्रविधि । भीएआर भन्नाले भर्चुअल असिस्टेन्ट रेफ्री । यो प्रविधिले बलमा भएको सेन्सर, खेलाडी तथा बललाई ट्रयाक गर्ने क्यामेराबाट प्राप्त डेटा मूल्याङ्कन गर्छ । र, रेफ्रीलाई उचित निर्णय लिन सघाउँछ ।

प्रतिक्रिया