फिफा विश्वकप- आज मोरक्कोसँग स्पेन र पोर्चुगलसँग स्वीटजरल्याण्ड भिड्दै
अखबार टुडे
प्रकाशित:
२०७९, २० मंसिर

काठमाडौं, २० मंसिर । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज अन्तिम १६ का अन्तिम दुई खेल हुँदैछन् । आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्डबीच खेल हुँदैछ ।

समूह एफको विजेता मोरक्को र समूह ईको उपविजेता स्पेन बीचको खेल राति पौने ९ बजे एजुकेसन सिटी स्टेडियममा सुरु हुनेछ । ३६ वर्षपछि नकआउट चरण पुगेको मोरक्कोले समूह चरणमा बेल्जियम र क्यानडालाई हराएको थियो भने क्रोएसियासँग बराबरी खेलेको थियो । उता स्पेनले कोस्टारिकालाई पराजित गर्दा जर्मनीसँग बराबरी खेलेको थियो भने जापानसँग पराजित भएको थियो ।

यस्तै समूह एचको विजेता पोर्चुगल र समूह जीको उपविजेता स्वीटजरल्याण्डबीचको खेल लुसेस स्टेडियममा मध्यराति पौने १ बजे सुरु हुनेछ । अन्तिम १६ मा युरोपका दुई टिम भिड्न लागेको यो दोस्रो खेल हो ।

अहिलेसम्म नेदरल्याण्ड्स, अर्जेन्टिना, फ्रान्स, इंग्ल्याण्ड, क्रोयसिया र ब्राजिलले अन्तिम आठ अर्थात क्वाटरफाइनलमा स्थान बनाइसकेका छन् ।

प्रतिक्रिया