क्वाटरफाइलनमा क्रोएसिया र ब्राजिल भिड्ने
अखबार टुडे
प्रकाशित:
२०७९, २० मंसिर

काठमाडौं, २० मंसिर । ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा पुगेको हो ।

स्टेडियम ९७४ मा भएको खेलमा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियर, नेयमार, रिचर्डलिसन र लुकास पाकिउटले एक–एक गोल गरे । यता दक्षिण कोरियाका लागि पिका सेउङले एक गोल फर्काए ।

ब्राजिलका लागि खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १३औं मिनेटमा नेयमारले पेनाल्टी मार्फत गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

खेलको २९औं मिनेटमा रिचर्डलिसनले ब्राजिलका लागि तेस्रो गोल गरे । खेलको ३६औं मिनेटमा लुकास पाकिउटले गोल गर्दै ब्राजिललाई ४–० गोलको अग्रता दिलाए ।

यता दक्षिण कोरियाका लागि खेलको ७६औं मिनेटमा पिक सेउङले गोल गरेपनि ब्राजिलले ४–१ गोलको जित निकाल्न सफल भयो । अब ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ ।

सोमबार भएको खेलमा जापानलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको हो ।
क्रोएसियाका लागि निकोला भेलासिक, मार्केलो ब्रोजोभिक र मारियो पेसालिकले गोल गरे । मार्को लिभाजाले पोनाल्टी मिस गरे । यता जापानका लागि ताकुमा सानोले गोल गेरे भने माया योसाइद, काउरुद मिटामा र मिनामिनोले मिस गरे ।

यसअघि अल जानुब स्टेडियममा भएको खेलमा निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । जापानले खेलको ४३ औं मिनेटमा डाईजेन माएडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए ।
क्रोएसियाका लागि खेलको ५५ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

प्रतिक्रिया