इन्द्रचोकमा चिनियाँबीच झगडा, एक जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, १९ मंसिर

काठमाडौं, १९ मंसिर । काठमाडौंको इन्द्रचोकमा चिनियाँ नागरिकबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।

गएराति मध्यान्हतिर इन्द्रचोकमा चिनियाँ नागरिकहरुबीच झगडा भएको थियो । सो क्रममा ३७ वर्षका फेङ जेङयुङले दुई जनालाई चक्कु हानेका थिए । ३२ वर्षका ली चुजान र २९ वर्षका गान साउजिओङ घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लीको पेटमा गहिरो चोट लागेको थियो भने गानको पेट, छाती ठाउँकोका दाया भागमा चोट लागेको छ । गानको उपचारका क्रममा आइतबार साँझ राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ । चक्कु हान्ने फेङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया