दोलखाबाट माओवादीका गंगा कार्की विजयी
अखबार टुडे
प्रकाशित:
२०७९, १९ मंसिर

काठमाडौं, १९ मंसिर । दोलखाबाट प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादीका कार्की ३६ हजार ७९५ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४८१ मत प्राप्त गरे । शिवाकोटीभन्दा कार्की ५१८ मतले मराजित भएका हुन् ।

अहिले समानुपातिकको गणना भइरहेको छ । यससँगै देशभरको निर्वाचन परिणाम आएको छ । कार्कीको जितसँगै माओवादी केन्द्रले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ सिट पुर्याएको छ ।

प्रतिक्रिया