माया लुहारको हत्या आरोपी सशस्त्र प्रहरी जवान पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, १८ मंसिर

धनगढी, १८ मंसिर । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोपी सशस्त्र प्रहरीका जवान भरतराम कोली पक्राउ परेका छन् ।

उनलाई महेन्द्रनगरबाट पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) मोहनकुमार आचार्य पुष्टि गरे ।

आचार्यका अनुसार महेन्द्रनगरको बसपार्कमा हिँडिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको हो । उनलाई आजै बैतडी लागिएको छ ।

गत बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा मायाको शव शिवनाथ गाउँपालिका वडा नम्बर ६ को जंगलमा फेला परेको थियो । २१ वर्षकी माया गत मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा म्यादी प्रहरीका रूपमा चुनावमा खटिएकी थिइन् । उनी शिवनाथ गाउँपालिका वडा नम्बर ४ को मतदान केन्द्रमा खटिएकी थिइन् ।

त्यही क्रममा उनको भेट कोलीसँग भएको थियो । २२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए ।

प्रतिक्रिया