समानुपातिकतर्फ १ करोड ३ लाख बढी मत गनियो, कुन दलले कति पाए ?
अखबार टुडे
प्रकाशित:
२०७९, १६ मंसिर

काठमाडौं, १६ मंसिर । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म १ करोड ३ लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा एमालेले २७ लाख ७३ हजार ९९९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ४४ हजार २४१ मतसहित दोस्रो स्थानमा रहेको छ ।

यस्तै, नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले ११ लाख ६१ हजार २५६, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ९९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ९२१, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार ९३१ र जनमत पार्टीले ३ लाख ९४ हजार ३४५ मत प्राप्त गरेका छन् ।

नेकपा एकीकृत समाजवादीले हालसम्म २ लाख ९४ हजार ६३ मत पाएको छ । एकीकृत समाजवादी थ्रेस होल्ड कटाउन संघर्षरत छ ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रमध्ये १ सय ६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आउन बाँकीे छ । ती क्षेत्रमा मतगणना भइरहेको छ ।

प्रतिक्रिया