एक हजार रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
अखबार टुडे
प्रकाशित:
२०७९, १६ मंसिर

काठमाडौं, १६ मंसिर । साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य शुक्रबार एक हजार रूपैयाँले बढेर ९९ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने शुक्रबार १५ रूपैयाँले बढेर १ हजार ३४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया