कमजोर बन्दै अमेरिकी डलर, यस्तो छ एक साताको ट्रेन्ड
अखबार टुडे
प्रकाशित:
२०७९, १६ मंसिर

काठमाडौं, १६ मंसिर । एक सातामा अमेरिकी डलर कमजोर हुँदै गइरहँदा नेपाली मुद्रा बलियो बन्दै गइरहेको छ ।

अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा बलियो बनेपछि नेपाली मुद्रा समेत प्रभावित भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरको नेपाली खरिद मूल्य १२९.६५ रुपैयाँ पुगेको छ भने बिक्री दर १३०.२५ रुपैयाँ कायम छ ।

गत बुधबार खरिद दर १२९.९८ रुपैयाँ र बिक्री दर १३०.५८ रुपैयाँ थियो ।अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पवेलले ब्याजदरमा वृद्धिदरको गति घटाउने संकेत गरेपछि डलर कमजोर हुँदै गइरहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विदेशी पुँजी प्रवाह बढ्ने र घरेलु सेयर बजारमा वृद्धि भएपछि डलरको भाउ कमजोर भएको छ । फेडले ब्याजदरलाई डिसेम्बरभित्रै कम गर्ने अनुमान समेत गरिएको छ ।

यस्तो छ डलर र नेरुको एक साताको ट्रेन्ड

शुक्रबार – खरिद दर : १२९.६५, बिक्री दर : १३०.२५
बिहीबार – खरिद दर : १२९.९८ बिक्री दर : १३०.५८
बुधबार – खरिद दर : १३०.४६ बिक्री दर : १३१.०६
मंगलबार –खरिद दर : १३०.३८ बिक्री दर : १३०.९८
सोमबार – खरिद दर : १३०.४० बिक्री दर : १३१
आइतबार – खरिद दर : १३०.४० बिक्री दर : १३१

प्रतिक्रिया