Exclusive सिके राउतको फड्को : विखण्डनको राजनीतिकदेखि सरकार गठनको निर्णायकसम्म
अखबार टुडे
प्रकाशित:
२०७९, १५ मंसिर
  • एमपी सुब्बा

काठमाडौं, १५ मंसिर । मंसिर ४ गते सम्पन्न आम निर्वाचनमार्फत संसदीय राजनीतिमा उदाएका जनमत पार्टी अब बन्ने सरकारमा सहभागी हुने सम्भावना बढेको छ ।

मधेस केन्द्रित रहेर देश विखण्डनको राजनीति गरेका सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएको हो । पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएको जनमत पार्टी राष्ट्रिय दल हुने निश्चित भएसँगै नेताहरुबीच भेटघाटलाई तिव्र बनाएको छ ।

आम निर्वाचन सम्पन्न भएसँगै अहिले सत्ता गठबन्धन नयाँ सरकार गठन गर्ने प्रक्रिया सुरु भइरहेको बेला जनमतका अध्यक्ष सिके राउत र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्ता सत्ता गठबन्धनको सरकारमा जनमत पार्टी पनि संलग्न हुने सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले जनाएका छन् । निधिले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जसो कुरा बताएका हुन् ।

‘गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुबैमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ,’ निधिले लेखेका छन् ।
निधि र राउतबीच बुधबार भेटवार्ता भएको थियो । त्यहाँ राउतले मधेस प्रदेशमा सरकारको नेतृत्व पाउनुपर्ने प्रस्ताव राखेका थिए । यदि सिके राउतको पार्टी जनमत सरकारमा सहभागी भए कुन मन्त्रालय दिने भन्ने समेत चर्चा चल्न थालेको छ ।

मधे प्रदेसमा त सिके राउत सरका गठनको निर्णायक बनेका छन् । अर्थात जनमत पार्टी राष्ट्रिय दल बन्ने निश्चित भएसँगै मधेसमा सरकार गठन गर्न सो पार्टी निर्विकल्प बनेको छ । यो कुरा जनमतका अध्यक्ष राउतले पनि बताइसकेका छन् ।

प्रतिक्रिया