सहरी विकासमन्त्री मेटमणि भन्छन्, ‘वास्ताविक सुकुम्बासीको पहिचान गर्ने काम भइरहेको छ
अखबार टुडे
प्रकाशित:
२०७९, १५ मंसिर

काठमाडौं, १५ मंसिर । सहरी विकासमन्त्री मेटमणि चौधरीले सुकुम्बासी समस्या समाधान गर्न तत्पर रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले तीन वर्षभित्र सुकुम्बासी समस्या समाधान गर्ने प्रतिवद्धतासमेत जनाए ।

सुकुम्बासी समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्न लागि परेको बताउँदै उनले वास्ताविक सुकुम्बासीको पहिचान गर्ने काम भइरहेको बताए ।

उनले भने, ‘साँच्चिकै भूमिहीन सुकुम्बासीहरूको पहिचान गर्ने काम भइरहेको छ । त्यसपछि उनीहरूको वर्गीकरण गर्ने काम हुन्छ । जो साँच्चिकै सुकुम्बासी छन्, उनीहरूका लागि अपार्टमेन्ट बनेको छ । उनीहरुलाई अपार्टमेन्टमा स्थानान्तरण गर्नेछौँ । अपार्टमेन्टमा नअटे हामीले नै भाडा तिरेर अन्यत्र राख्छौं ।’

सुकुम्बासीका नाममा अनधिकृत घर ठडाएर भाडा असुल्नेलाई कारबाही गर्ने उनको भनाइ छ । ‘सुकुम्बासी बस्तीमा घर ठडाएर भाडा असुल्ने गरेको कुरा पनि हामीकहाँ आएको छ । त्यस्ता सुकुम्बासी छन् भने त्यसको पहिचान गरेर कानुनी कारबाही गर्छौं ।’

प्रतिक्रिया