पार्किङको माग गर्दै बागबजारका व्यवसायी आन्दोलनमा
अखबार टुडे
प्रकाशित:
२०७९, १५ मंसिर

काठमाडौं, १५ मंसिर । बागबजारका क्षेत्रका व्यापारी तथा व्यवसायी सडक किनारमा पार्किङ गर्न नदिएको विरोधमा आन्दोलनमा उत्रिएका छन् ।

काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सडक किनारमा मोटरसाइकल र गाडी पार्किङ गर्न नदिएपछि व्यापारीहरु बिहीबार आन्दोलन उत्रिएका छन् । महानगरले विकल्प नदिई सडक किनारमा पार्किङ गर्न रोक लगाउनु बेठीक भएको उनीहरुले भनाइ छ ।

सडक किनारमा पार्किङ गर्न नपाए आफूहरु व्यवसाय छाड्ने अवस्था आउने समेत उनीहरुले गुनासो गरको छन् । केही दिनयता महानगरले सडक किनारमा पार्किङ गर्न दिएको छैन भने बोर्डहरुले समेत हटाइरहेको छ ।

प्रतिक्रिया