हजार रुपैयाँ दरका नोट छाप्ने जिम्मा भारतीय कम्पनीलाई
अखबार टुडे
प्रकाशित:
२०७९, १५ मंसिर

काठमाडौं, १५ मंसिर । नेपाल राष्ट्र बैंकले एक हजार दरका नयाँ नोट छाप्न भारतीय सरकारी कम्पनीलाई जिम्मा दिएको छ । नेपाली रुपैयाँ एक हजार दरका ४३ करोड थान नोट छाप्न नेपाल राष्ट्र बैंक भारतको सरकारी कम्पनीलाई जिम्मा दिएको हो ।

भारतको सेक्युरिटी प्रिन्टिङ एन्ड कर्पोरेसन अफ इन्डिया लिमिटेडलाई नोट छपाइका लागि समझौता गर्ने गरी राष्ट्र बैंकले आशय पत्र जारी गरेको छ । एक हजार रुपैयाँ दरका नोटको डिजाइन, छपाइ र ढुवानीको काम समेत सो कम्पनीले पाउने भएको हो ।
करिब एक अर्ब ४६ करोड रुपैयाँ बराबरको अमेरिकी डलरमा सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले काम जिम्मा पाएको हो ।

प्रतिस्पर्धामा रहेका ब्राजिल, चीन र फ्रान्सका कम्पनीले बढी रकम कबोल गरेका कारण छनोट हुन सकेनन् ।

प्रतिक्रिया