कतार विश्वकप- जर्मनी र कोस्टारिकाबचिको खेल खेलाएर तीन महिला रेफ्रीले इतिहास रच्दै
अखबार टुडे
प्रकाशित:
२०७९, १४ मंसिर

काठमाडौं, १४ मंसिर । कतारमा जारी विश्वकप फुटबलमा आज तीन जना महिला रेफ्रीले इतिहास रच्ने भएकी छन् । बिहीबार राति समूह ‘ई’अन्तर्गत हुने जर्मनी र कोस्टारिकाबचिको खेल खेलाएर उनीहरुले जना इतिहास रच्ने भएकी हुन् ।

फिफाले पहिलो पटक पुरुष विश्वकपकमा लागि महिला रेफ्रीलाई चयन गरेको छ । ३८ वर्षीय फ्रेञ्च रेफ्री स्टेफिन फ्रापपार्ट मूख्य रेफ्रीको भूमिकामा हुनेछिन् भने सहायक रेफ्रीमा नेउजा ब्याक र कारेन डियाज हुनेछन् ।

नेउजा ब्राजिलियन रेफ्री हुन् भने करिन डियाज मेक्सिकोकी रेफ्री हुन् । जर्मनी र कोस्टारिकाबचिको खेलपछि उनीहरु पुरुष विश्वकप खेलाउने पहिलो महिला रेफ्री बन्नेछन् । विश्वकपअन्तर्गत ६४ वटा खेलमध्ये ४४औं खेलमा त्यो इतिहास बन्ने भएको छ ।

स्टेफिन फ्रापपार्ट फुटबल इतिहासमा पहिलो पटक पुरुष प्रतिस्पर्धा खेलाउन लागेकी भने होइनन् । यसअघि उनले फ्रेञ्च लिग वान र यूईएफए च्याम्पियन्स लिग खेलमा रेफ्री गर्ने पहिलो महिलाको इतिहास बनाएकी थिइन् । यस्तै, सन् २०१९ को महिला विश्वकप फाइनल पनि फ्रापार्टले नै खेलाएकी थिइन् ।

प्रतिक्रिया