चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन
अखबार टुडे
प्रकाशित:
२०७९, १४ मंसिर

काठमाडौं, १४ मंसिर (एजेन्सी) । चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ । ९६ वर्षीय जेमिनको उपचारका क्रममा सांघाईमा निधन भएको हो ।

जेमिनको रक्त क्यान्सरका कारण शरीरका विभिन्न अंगले काम गर्न छाडेपछि निधन भएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति थिए भने उनी सन् १९८९ देखि २००२ सम्म चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए ।

जियाङ जेमिन सन् १९९६ मा नेपाल आएका थिए । २०५३ साल मंसिर २० गते जेमिन नेपाल भ्रमणमा समेत आएका थिए । सन् १९८४ मा चीनबाट राष्ट्रपतिस्तरबाट भ्रमणको सुरुवात भएको थियो । ली सियन नियन नेपाल आउने पहिलो चिनियाँ राष्ट्रपति हुन् भने वर्तमान राष्ट्रपति सी तेस्रो ।

प्रतिक्रिया