बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नगर्ने आयोगको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७९, १४ मंसिर

काठमाडौं, १४ मंसिर । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ ।

मंसिर ४ गते भएको निर्वाचनको मतगणना सुरू गर्न आयोगले निर्देशन दिएको हो । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलका अनुसार बाजुरा र स्याङ्जा २ मा मतगणना गर्ने सर्वसम्मत निर्णय भएको जानकारी दिए ।

मंसिर ४ मा मतदान भए पनि यी क्षेत्रको मतगणना हुन सकेको थिएन । बाजुरामा नेपाली कांग्रेस र नेकपा एमालेले एकअर्कालाई बुथ कब्जा गरेको आरोप लगाएका थिए भने स्याङ्जामा नेकपा एमालेले कांग्रेसले धाँधली गरेको भन्दै केही केन्द्रमा पुनः मतदानको माग गरेको थियो ।

प्रतिक्रिया