नेपाली मूलकी परिजिता बाँस्तोला ‘द भ्वाइस अमेरिका’ को अन्तिम ८ मा प्रवेश
अखबार टुडे
प्रकाशित:
२०७९, १४ मंसिर

काठमाडौं, १४ मंसिर । नेपाली मूलकी १७ बर्षिया परिजिता बाँस्तोला अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’को अन्तिम आठमा प्रवेश गरेकी छन् ।

कोच जोन लिजेन्डको तर्फबाट टप १२ मा एलेसिया काराको ‘स्कार्स टु योर ब्युटिफुल’ बोलको गीत गाएकी उनी अन्तिम आठमा प्रवेश गरेकी हुन् ।

सेमिफाइनल प्रवेश गरेपछि भिडियो सन्देश जारी गर्दै परिजिताले आगामी प्रतिस्पर्धा पक्कै कठिन हुने भए पनि आफू उत्साहित रहेको बताएकी छन् । आफूलाई सक्दो भोट गर्न उनले अपील गरेकी छन् ।

आफ्नो गीत परिजिताले गाएपछि क्यानडेली गायिका काराले इन्स्टाग्राममार्फत बधाई तथा शुभकामना भनेकी छन् । विश्व सेलिब्रिटीले यतिबेला परिजितालाई जिताउन आग्रह गरिरहेका छन् । नेपाली समुदायले पनि उनलाई भोट गरिरहेका छन् । सेफिफाइनलमा उनले ८ जना प्रतिस्पर्धीसँग प्रस्तुति दिनेछिन् ।

प्रतिक्रिया