थापाथलीस्थित सुकुम्बासी बस्तीमा प्रहरी र स्थानीयबीच झडप
अखबार टुडे
प्रकाशित:
२०७९, १२ मंसिर

काठमाडौं, १२ मंसिर । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । सोमबार दिउँसो सुकुम्बासी बस्तीभित्र प्रहरी छिरेपछि स्थानीय र प्रहरीबीच झडप भएको हो ।

वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै स्थानीइले ढुंगामुढा गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका सुकुम्बासीबस्तीका स्थानीयले गृहमन्त्री एवं महानगरका मेयरविरुद्ध चर्को नारावाजी गरिरहेका छन् ।

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरिएको थियो । एकीकृत बागमती सभ्यता विकास समितिको समन्वयनमा महानगरपालिकाले त्यहाँ डोजर चलाउन प्रहरी परिचालन गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।

समितिले ४ मंसिर (चुनावकै दिन)सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो । समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिरसम्मको समयसीमा दिएको थियो ।

प्रतिक्रिया