मोरोक्कोसँग हारेपछि बेल्जियम र नेदरल्यान्ड्समा हिंसा फैलियो
अखबार टुडे
प्रकाशित:
२०७९, १२ मंसिर

काठमाडौं, १२ मंसिर (एजेन्सी) । कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा बेल्जियमको टोली अफ्रिकी टोली मोरोक्कोसँग २–० ले हारेपछि बेल्जियम तथा छिमेकी नेदर्ल्याण्ड्सका कतिपय सहरहरूमा समर्थकले हिंसा मच्चाएका छन् ।

हारबाट आक्रोसित समर्थकले राजधानी ब्रसेल्समा पसलका झ्याल फुटाइदिएका छन् । साथै पटाखा पड्काएर गाडीहरूमा आगजनी गरेका छन् । प्रदर्शनका क्रममा केही घाइते भएका छन् । प्रहरीले दर्जनौँलाई पक्राउ गरेको छ ।

यस्तै, नेदरल्यान्ड्सको राजधानी आम्टरडममा पनि फुटबल समर्थकले हिंस्रक प्रदर्शन गरेका छन् । इक्वेडरसँग बराबरी खेलेपछि आक्रोसित भिडले पसल र गाडी तोडफोड गरेको थियो । प्रहरीले मुख्य तीन वटा सहरमा लाठी चार्ज गरेको छ । राजधानीका सडकमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको बीबीसीले जनाएको छ ।

विश्व कप फुटबलको नतिजालाई लिएर बेल्जियम र नेदरल्यान्ड्समा हिंसा फैलिएको हो । हिजो मोरक्कोले बेल्जियमलाई २–० गोलले हराएपछि बेल्जियमलाई अघिल्लो चरणमा पुग्न समस्या थपिएको छ । बेल्जियम दुई खेलमा तीन अङ्कसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया