गठबन्धन दायाँबाँया नगरि अघि बढ्नुपर्ने देउवा, प्रचण्ड र माधव नेपालको निष्कर्ष
अखबार टुडे
प्रकाशित:
२०७९, १२ मंसिर

काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

आज बिहान बालुवाटार पुगेर प्रचण्ड र नेपालले प्रधानमन्त्री देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री देउवासँग भएको छुट्टाछुट्टै भेटमा अध्यक्षद्वय दाहाल र नेपालले पाँच दलीय गठबन्धनलाई अझै थप बलियो बनाइ गठबन्धनकै नेतृत्वमा आउँदो सरकार गठन गर्नुपर्ने विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारका अनुसार उनीहरुबीच नयाँ सरकार गठन, राष्ट्रपतिलगायत ‘पावर शेयरिङ’ गर्नुपर्ने बारेमा समेत छलफल भएको छ । गठबन्धन दायाँबाँया नगरि एकमतका साथ अघि बढ्नुपर्ने तीन शीर्ष नेताको निष्कर्ष रहेको प्रेस प्रमुख परियारले बताए ।

चुनावपछि पहिलो पटक प्रधानमन्त्री देउवा र अध्यक्ष नेपालबीच भएको भेटमा बधाई साटासाटसमेत भएको थियो ।

प्रतिक्रिया