फिफा विश्वकप : बेल्जियममाथि मोरेक्कोको जित, कोस्टारिकाले जापानलाई हराए
अखबार टुडे
प्रकाशित:
२०७९, ११ मंसिर

काठमाडौं, ११ मंसिर । फिफा विश्वकप फुटबलअन्तर्गत आइतबार भएको दोस्रो खेलमा मोरोक्कोले बेल्जियममाथि जित निकालेको छ । मोरक्कोले फिफा वरीयतामा दोस्रो स्थानमा रहेको बेल्जियमलाई २–० गोल अन्तरले हराएको हो ।

मोरक्कोलाई जित दिलाउन अदेल हामिद साबारी र अबुखेलाले एक–एक गोल गरे । खेलको ७३औं मिनेटमा साबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाए । खेलको इन्जुरी समयमा अबुखेलाले गोल गर्दै मोरोक्कोको जित सुनिश्चित गरे ।

जितसँगै मोरक्को ४ अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ । ३ अंकसहित बेल्जियम दोस्रो स्थानमा छ । आज नै अर्को खेलमा क्रोएसिया र क्यानडा भिड्दैछन् ।

यस्तै, आइतबार पहिलो पहिलो खेलमा जापान कोस्टारिकासँग पराजित भएको छ । केसर फुलरले खेलको ८१औँ मिनेटमा गरेको एकमात्र गोल खेलमा निर्णायक बन्यो ।

पहिलो खेलमा स्पेनसँग हारेको कोस्टारिकाले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको छ । यो नतिजासँगै समूह ई रोचक मोडमा पुगेको छ । दुई खेलपछि जापान र कोस्टारिकाको समान ३ अंक रहेको छ । सबै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना खुला भएको छ । आज राति स्पेन र जर्मनीबीच खेल हुँदैछ ।

यसै आजै कोस्टारिका र क्यानडा र अनि स्पेन र जर्मनीबीच खेल हुँदैछ । नेपाली समय अनुसार कोस्टारिका र क्यानडा साँझ ९ः४५ र स्पेन र जर्मनी राति १२: ४५ मा खेल्दैछन् ।

प्रतिक्रिया