गायिका अनिलाको छोरीप्रति समर्पित गीत ‘प्यारी छोरी’ सार्वजनिक (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, ११ मंसिर

काठमाडौं, ११ मंसिर । गायिका तथा गीतकार अनिला राईले छोरीप्रति समर्पित गीत ‘प्यारी छोरी’ ल्याएकी छन् । केही समयअघि मात्र अनिलाले आफ्नी छोरीको नाममा ‘एन्जेलिना’ नामक गीति एल्बम सार्वजनिक गरेकी थिइन् । उक्त आफ्नो सातौँ सोलो एल्बम ‘एन्जेलिना’मा संग्रहीत गीतमध्ये ‘प्यारी छोरी’ बोलको गीतलाई भिडियोमा ल्याएकी हुन् ।

दुई दिनअघि अर्थात शुक्रबार सार्वजनिक गरिएको उक्त गीतमा शान्तिराम राईको संगीत रहेको छ भने स्वर र शब्दरचना अनिलाकै रहेको छ ।

टार्जन लिम्बूको छायाँकन रहेको भिडियोमा अनिला र आफ्नी छोरी एन्जेलिना नै फिचरिङ छन् । आदिम आवाज अनलाइन टिभी नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतको भिडियोलाई गीतकार टिका चाम्लिङले निर्देशन गरेका हुन् ।

गायिका अनिलाले यसअघि ‘एन्जेलिना’ एल्बमकै केही गीतको भिडियो सार्वजनिक गरिसकेका छन् । जसमा आमाप्रति समर्पित ‘आमा’, ब्रिटिस गोरखा आर्मीबारे ‘पपीफूल’लगायत केही रोमान्टिक गीत रहेका छन् । ती गीतको भिडियो आदिमकै अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।

प्रतिक्रिया