फिफा विश्वकप-२०२२ : साउदी अरबियामाथि पोल्याण्डको सहज जित
अखबार टुडे
प्रकाशित:
२०७९, १० मंसिर

काठमाडौं, १० मंसिर । पोल्यान्डले विश्वकप फुटबलको आफ्नो दोस्रो खेलमा साउदी अरेबियामाथि सहज जित निकालेको छ । शनिबार साँझ भएको खेलमा पोल्याण्डले साउदी अरेबियालाई २–० गोल अन्तरले हराएको छ ।

एजुकेसन स्टेडियममा भएको खेलको ३९औं मिनेटमा रोबोर्टो लेवान्डोस्कीको गोलमा जेलिन्स्कीले गोल गर्दै पोल्यान्डलाई अग्रता दिलाएका थिए । खेलको ४४औं मिनेटमा साउदी अरेबियाले पेनाल्टी पाएको थियो । तर, पोल्यान्डका गोल रक्षकले जोगाए ।

त्यस्तै, खेलको ८२औं लेवान्डोस्कीले गोल गर्दै पोल्यान्डलाई २–० गोलको जित दिलाएका छन् । यो जितसँगै पोल्यान्डले २ खेलबाट ४ अंक जोडेको छ । यता साउदी अरेबियाको ३ अंक छ । यसअघि साउदी अरेबियाले अर्जेन्टिनालाई हराएको थियो ।

आजै शनिबार भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियाविरुद्ध १–० ले जित हासिल गरेको छ । समूह डी अन्तरगतको खेलमा मिचेल ड्युकको निर्णायक गोलको मद्दतमा अस्ट्रेलिया विजयी बनेको हो । उनले खेलको २३औँ मिनेटमा गोल गरेका थिए ।

योसँगै विश्वकपमा हेडरमार्फत गोल गर्ने ड्युक दोस्रो खेलाडी खेलाडी बनेका छन् । यसअघि टिम केहिलले सन् २०१० र २०१४ मा हेडरमार्फत गोल गरेका थिए ।

समूह डी मा अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग पराजित भएको थियो । ट्युनिसियाले भने डेनमार्कसँग बराबरी खेलेको थियो । यस सँगै अस्ट्रेलियाले नकआउट चरणमा प्रवेश गर्ने सम्भावना जीवित राखेको छ ।

प्रतिक्रिया