राजेन्द्र महतो दोस्रो पटक धक्का, महेन्द्र रायसँग २ हजार ११ मतान्तरले पराजित
प्रकाशित:
२०७९, १० मंसिर

जनकपुरधाम, १० मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो पराजित भएका छन् ।
धनुषा क्षेत्र नं. ३ छाडेर सर्लाही २ फर्किएका राजेन्द्रलाई नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र रायले २ हजार ११ मतान्तरले पराजित गरेका हुन् । महिन्द्रले २३ हजार ५२९ मत ल्याउँदा राजेन्द्र २१ हजार ५१८ मतमा सीमित भए । यो सँगै राजेन्द्रलाई दोस्रोपटक धक्का लागेको छ ।
संविधानसभा निर्वाचन–२०७० मा सर्लाही–५ मा महिन्द्रले राजेन्द्रलाई नै हराएका थिए । त्यस बेला पनि महिन्द्रले २ हजार ७८४ मतान्तरले राजेन्द्रलाई पराजित गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त