तेह्रथुममा गठबन्धनका उम्मेदवार सीता गुरुङ विजयी
अखबार टुडे
प्रकाशित:
२०७९, १० मंसिर

काठमाडौं, १० मंसिर । तेह्रथुममा नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।

निर्वाचन आयोगको मतपरिणामअनुसार गुरुङ १९ हजार सात सय दुई मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी विजय सुब्बाले १८ हजार ६ सय २३ मत ल्याएका छन् । उनीहरुबीच एक हजार ७९ मतान्तर रहेको छ । सीता सत्ता गबन्धनका साझा उम्मेदवार हुन्

तेह्रथुम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विभिन्न पार्टीबाट १० उम्मेदवार थिए । मञ्चका विष्णुकुमार चोङवाङ सात सय २३ मत प्राप्त गरी तेस्रो भएका छन् ।

प्रतिक्रिया