फिफा विश्वकप-२०२२: कतारमाथि सेनेगलको सहज जित
अखबार टुडे
प्रकाशित:
२०७९, ९ मंसिर

काठमाडौं, ९ मंसिर । शुक्रबार साँझ भएको फिफा विश्वकपको दोस्रो खेलमा सेनेगलले कतारमाथि सहज जित निकालेको छ । सेनेगलले कतारालाई ३–१ गोल अन्तरले हराएको हो । अल थुमाम स्टेडियममा भएको खेलमा सेनेगललाई जित दिलाउन बोउलाय डाइ, फामरा दाईधु, बाम्बा दिङ्गाले एक–एक गोल गरे ।

कतारका लागि मोहमद मुन्टारीले एक गोल फर्काए । सेनेगलका लागि बोउलाय खेलको ४१औं मिनेटमा गोल गर्दै सेनेगललाई अग्रता दिलाए । खेलको ४८औं मिनेटमा फामराले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । कतारका लागि मुन्टारीले खेलको ७८औं मिनेटमा गोल गर्दै टिमलाई २–१ खेलको अवस्थामा ल्याए ।

डिङ्गाले ८४औं मिनेटमा गोल गर्दै सेनेगललाई ३–१ गेकलो जित दिलाए । जितसँगै सेनेगलले समूह ए मा दुई खेलबाट ३ अंक जोडेको छ । पराजित कतार भने समूह चरणबाट बाहिरिने खत्रा बडेको छ ।
अहिले नेपाली समयअनुसार ९ः४५ मा इक्वेडोर र नेदरल्याण्डबीच खेल हुँदैछ ।

प्रतिक्रिया