गुल्मी १ मा एमाले उपमहासचिव प्रदीप ज्ञवाली पराजित
अखबार टुडे
प्रकाशित:
२०७९, ९ मंसिर

काठमाडौं, ९ मंसिर । गुल्मी १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका चन्द्र भण्डारी निर्वाचित भएका छन् । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।

पछिल्लो मतपरिणामअनुसार भण्डारीले ३२ हजार २२७ मत ल्याएका छन् भने ज्ञवालीले ३० हजार ९३५ मत ल्याएका छन् । निर्वाचन कार्यालयले भने मतपरिणामको औपचारिक घोषणा गर्न बाँकी छ ।

एमाले उपमहासचिव ज्ञवालीले पनि हार स्वीकारेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अथक प्रयाशका बाबजुद हाम्रो अभियान सफल हुन सकेन । तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु । प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरु रहन गए, समयक्रममा समीक्षा हुने नै छ ।’

यो क्षेत्रमा २०७४ मा ज्ञवाली निर्वाचित भएका थिए । यसअघि २०७४ सालको निर्वाचनमा गुल्मी–१ मा भण्डारी ज्ञवालीसँगै झन्डै ७ हजार मतले पराजित भएका थिए ।

प्रतिक्रिया