काभ्रे २ मा गोकुल बाँस्कोटा झन्डै ६ हजार मतान्तरले विजयी
प्रकाशित:
२०७९, ९ मंसिर

काठमाडौं, ९ मंसिर । काभ्रे क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा निर्वाचित भएका छन् । बाँस्कोटाले ४५ हजार ३४५ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका पैतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंले ३९ हजार ४८२ मत ल्याएका छन् । बाँस्कोटाले ५ हजार ८६३ मतान्तरले हुमागाईंलाई हराएका हुन् । बाँस्कोटा २०७४ सालमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
