प्रतिनिधिसभातर्फ ९० क्षेत्रको नतिजा सार्वजनिक : कुन दलले कति जित्यो ? (सूचीसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, ८ मंसिर

काठमाडौं, ८ मंसिर । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । बिहीबार साँझसम्म प्रतिनिधिसभातर्फ ९० क्षेत्रमा गणना सकिएको छ ।

१६५ प्रतिनिधिसभा सदस्यमध्ये बिहीबार साँझसम्म ९० स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी ३२ स्थानमा जित निकालेको छ । यस्तै, कांग्रेसले थप २१ स्थानमा अग्रता लिएको छ ।

यस्तै, नेकपा एमाले २० क्षेत्रमा निर्वाचित हुँदै दोस्रोमा रहेको छ भने २७ स्थानमा अग्रता लिइरहेको छ । सत्तारूढ दल माओवादी केन्द्रले ९ स्थानमा जित निकाल्दा ८ स्थानमा अग्रता बनाएको छ । यस्तै, नेकपा एकीकृत समाजवादीले ७ स्थानमा जित हासिल गरेको छ भने ३ स्थानमा अग्रता लिइरहेको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित निकाल्दै २ स्थानमा अग्रता कायम राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ स्थानमा जित निकाल्दा २ स्थानमा अग्रता बनाइरहेको छ ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले २–२ स्थानमा जित निकालेको छ भने नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रले १–१ सिटमा विजयी हासिल गरेका छन् ।

हालसम्म कहाँ कसले कहाँ जिते ?
नेपाली कांग्रेस
१, मुस्ताङ– योगेश शेरचन
२, मनाङ– टेकबहादुर गुरुङ
३, काठमाडौं १ – प्रकाशमान सिंह
४, काठमाडौं ३ – सन्तोष चालिसे
५, काठमाडौं ४– गगनकुमार थापा
६, काठमाडौं ५ – प्रदीप पौडेल
७, रसुवा– मोहन आचार्य
८, ललितपुर १– उदय शमशेर जबरा
९, तनहुँ २ – शंकर भण्डारी
१०, डडेल्धुरा– शेरबहादुर देउवा
११, काठमाडौं १० – राजेन्द्रकुमार केसी
१२, पर्सा ४ – रमेशकुमार रिजाल
१३, सुर्खेत २ – हृदयराम थानी
१४, ओखलढुंगा– रामहरि खतिवडा
१५, झापा १– विश्वप्रकाश शर्मा
१६, पर्सा १– अजयकुमार चौरसिया
१७, गोरखा १– राजेन्द्र बजगाँई
१८, म्याग्दी– खमबहादुर गर्बुजा
१९, अछाम २ – पुष्पबहादुर शाह
२०, कैलाली ४ – वीरबहादुर बलायर
२१, दार्चुला – दिलेन्द्र प्रसाद बडू
२२, कञ्चनपुर ३ – रमेश लेखक
२३, कञ्चनपुर २– एनपी साउद
२४, मोहनबहादुर बस्नेत
२५, दैलेख २ – दिक्पालकुमार शाही
२६, भक्तपुर २ – दुर्लभ थापा
२७, नवलपरासी पूर्व १ – शशांक कोइराला
२८, तनहुँ १ – रामचन्द्र पौडेल
२९, बाँके ३ – किशोरसिंह राठोर
३०, रौतहट ४ – देवप्रकाश तिमल्सिना
३१, सप्तरी –३ ः दिनेश कुमार यादव
३२, धादिङ–२ ः राम नाथ अधिकारी

नेकपा एमाले
१, उदयपुर २ – अम्बरबहादुर रायमाझी
२, काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
३, ललितपुर २– प्रेमबहादुर महर्जन
४, गुल्मी २ – गोकर्ण विष्ट
५, झापा २ – देवराज घिमिरे
६, झापा ५ – केपी शर्मा ओली
७, ताप्लेजुङ– योगेश भट्टराई
८, पर्सा ३ – राजकुमार गुप्ता
९, अर्घाखाँची – टोपबहादुर रायमाझी
१०, प्युठान – सूर्य थापा
११, लमजुङ – पृथ्वीसुब्बा गुरुङ
१२, मकवानपुर २ – महेश बर्तौला
१३, सोलुखुम्बु– मानवीर राई
१४, पर्वत – पदम गिरी
१५, झापा ४– लालप्रसाद साँवा लिम्बु
१६, रुपन्देही ५– बासुदेव घिमिरे
१७, धनकुटा – राजेन्द्रकुमार राई
१८, कास्की २ – विद्या भट्टराई
१९, बाँके –१ ः सूर्य प्रसाद ढकाल
२०, सिराहा १ ः राम शंकर यादव

नेकपा माओवादी केन्द्र
१, सिन्धुली २– लेखनाथ दाहाल
२, सिन्धुपाल्चोक १ – माधव सापकोटा
३, बाग्लुङ २ – देवेन्द्र पौडेल
४, रोल्पा – वर्षमान पुन
५, रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर
६, जाजरकोट – शक्तिबहादुर बस्नेत
७, गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
८, दाङ २– रेखा शर्मा
९, खोटाङ– रामकुमार राई

नेकपा एकीकृत समाजवादी
१, अछाम १ – शेरबहादुर कुँवर
२, बारा ४ – कृष्णकुमार श्रेष्ठ
३, बझाङ – भानुभक्त जोशी
४, दैलेख १ – अमरबहादुर थापा
५, डोटी – प्रेम आले
६, सल्यान – प्रकाश ज्वाला
७, रौतहट १– माधवकुमार नेपाल

राष्ट्रिय स्वतन्त्र पार्टी
१, काठमाडौं ७ – गणेश पराजुली
२, काठमाडौं ८ – विराजभक्त श्रेष्ठ
३, काठमाडौं २ – सोबिता गौतम
४, काठमाडौं ६ – शिशिर खनाल
५, चितवन २– रवि लामिछाने
६, ललितपुर ३– डा.तोसिमा कार्की
७, चितवन १ – हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
१, बाँके २ – धवलसमशेर जबरा
२, जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
३, मकवानपुर १– दीपकबहादुर सिंह
४, झापा ३ – राजेन्द्र लिङ्देन

लोकतान्त्रिक समाजवादी पार्टी
१, रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला
२, सर्लाही १– रामप्रकाश चौधरी

जनता समाजवादी पार्टी
१, पर्सा १ – प्रदीप यादव

नेमकिपा
१, भक्तपुर १– प्रेम सुवाल

राष्ट्रिय जनमोर्चा
१, बाग्लुङ – चित्रबहादुर केसी

नागरिक उन्मुक्ति पार्टी
१, कैलाली १– गंगाराम चौधरी
२, कैलाली – १ रञ्जिता श्रेष्ठ

जनमत पार्टी
१, सप्तरी २– सीके राउत

स्वतन्त्र
१, बर्दिया २ – लालवीर चौधरी
२, मोरङ ५ – योगेन्द्र मण्डल
३, रौतहट ३ – प्रभु साह

प्रतिक्रिया