अब वामहरूबीच एकता हुन सक्छ : माधव नेपाल
प्रकाशित:
२०७९, ८ मंसिर

काठमाडौं, ८ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब वामहरूबीच एकता हुन सक्ने बताएका छन् ।
रौतहट १ बाट निर्वाचित भएपछि प्रतिक्रिया दिँदै नेपालले सिद्धान्त र आदर्शमा अघि बढ्ने हो भने वाम एकता हुन सक्ने बताएका हुन् । तर वामको नाममा गलत प्रवृत्ति लिएकाहरूसँग भने एकता सम्भव नभएको उनले बताए ।
उनले अबको सरकार कसको बन्छ भन्न नसकिने पनि उल्लेख गरे । पार्टीको समग्र परिणाम भने सोचेभन्दा कम आएको उनको भनाई छ । उनले भने, ‘यो हामीले सोचेभन्दा कम हो । हाम्रा कमी–कमजोरी पनि भएका होलान् । तिनलाई अब सुधारेर जानुपर्छ ।’
एकीकृत समाजवादीले अहिलेसम्म ७ मा जित हात पारेको छ भने तीन ठाउँमा अग्रता लिइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
