धनकुटामा एमालेका राजेन्द्रकुमार राई निर्वाचित
अखबार टुडे
प्रकाशित:
२०७९, ८ मंसिर

काठमाडाौं, ८ मंसिर ।। एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा नेकपा एमालेका उम्मेदवार रानेन्द्रकुमार राई निर्वाचित भएका छन् ।

उनले नेपाली कांग्रेसका सुनिलबहादुर थापालाई १३९७ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।

आज बिहिबार सार्वजनिक अन्तिम परिणाम अनुसार एमालेका राईले ३१ हजार १०१ मत प्राप्त गरे भने कांग्रेसका उम्मेदवार थापाले २८ हजार ७०४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले ५ हजार ९२६ मत पाएका छन् भने राष्ट्रिय प्रजात्रन्त्र पार्टीका उम्मेदवार कुमारबहादुर थापाले एक हजार ५९ मत पाएका छन् ।

प्रतिक्रिया