धनकुटामा एमालेका राजेन्द्रकुमार राई निर्वाचित
प्रकाशित:
२०७९, ८ मंसिर

काठमाडाौं, ८ मंसिर ।। एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा नेकपा एमालेका उम्मेदवार रानेन्द्रकुमार राई निर्वाचित भएका छन् ।
उनले नेपाली कांग्रेसका सुनिलबहादुर थापालाई १३९७ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।
आज बिहिबार सार्वजनिक अन्तिम परिणाम अनुसार एमालेका राईले ३१ हजार १०१ मत प्राप्त गरे भने कांग्रेसका उम्मेदवार थापाले २८ हजार ७०४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले ५ हजार ९२६ मत पाएका छन् भने राष्ट्रिय प्रजात्रन्त्र पार्टीका उम्मेदवार कुमारबहादुर थापाले एक हजार ५९ मत पाएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
